काठमाडौं , ५ असार ।
नेपाली कांग्रेसका युवा नेता बाबुराजा चित्रकारले काठमाडौं पेप्सिकोलामा रेहेको अटिजम भएका बालबालिका हरुको लागि खोलिएको विशेष स्कुल तथा पुनःस्थापना केन्द्रलाई रु ५० हजार सहयोग गरेका छन ।
नेता चित्रकारले सहयोग रकमको चेक संस्थाका संचालक तथा अध्यक्ष सबिता उप्रेतीलाई पुनः स्थापना केन्द्रको कार्यलयमा उपस्थित भैई हस्तान्तरण गरे ।
सबिता उप्रेतीले अटिजम भएका बालबालिकाहरुको लागि गर्नुभएको योगदान र दुखलाई देखेर आफुले यस संस्थालाई सहयोग गरेको र निकट भबिस्यमा पनि सहयोग गर्दै जाने नेता चित्रकारले बताए ।
नेता चित्रकारको सहयोगले आफुलाई अझ यस क्षेत्रमा काम गर्न उत्साहित बनाएको संस्था अध्यक्ष सबिता उप्रेतीले बताइन ।