उदयपुर-
बिप्लब समुहका गतिबिधी बढे सगै देशै भरी बिस्फोटका घटनाहरु बढ्न थालेका छन ।यसैबिच उदयपुरको त्रियुगा नगरपालिकाको कार्यालय अगाडी शङ्कास्पद बस्तु फेला परेको छ। आज बिहान कुकर बम जस्तो देखिने कपडाको झोलाले बेरेको शङ्कास्पद बस्तु फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले नगरपालिकाको कार्यालय सरसफाइ गर्ने टोलीले फेला परेको बताए। ‘बिहान कार्यालय वरिपरि सरसफाइ गर्ने टोलीले फेला पारेका रहेछन्,’ उनले भने, ‘बम हो की के हो, त्यो थाहा छैन, तर, नेपाली सेनाको टोलीलाई बोलाएका छौ।’
नेपाली सेनाको टोलीले डिस्पोज नगरीकन बम अरुनै कुनै बस्तुको पहिचान गर्न नसक्ने भन्दै उनले भने, ‘नगरप्रहरीका अनुसार हिजोबाटै यही ठाउँमा यही बस्तु देखिएको थियो रे ? ’ कसले किन, केका लागि राखेको पहिचान नखुलेको प्रहरीको भनाइ छ। प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पार्टीले उक्त शङ्कास्पद बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ।
नेकपा बिप्लब समुहका गतीबिधीहरु बढी रहेकोले उक्त समुहमाथी हाल सरकारले निगरानी बढाइ रहेको छ ।