काठ्माण्डौ-
आज विश्वभर योग दिबश मनाइदै छ । योग ध्यान र पुर्बिय दर्शन प्रती बिश्वाश नराख्ने पश्चिमा मुलुकका मानिसहरु पनि आजभोलि योग प्रती आकर्शित हुन थालेका छन । पछिल्लो समय योगको महत्व बिश्वभर बढेर जान थालेको छ । पुर्बिय दर्शन अनुसार पतञ्जलिले योगको रचना गरेका हुन् भन्ने गरिएको छ ।पतञ्जलिलाई योगका प्रणेता मान्ने गरिएको छ ।
पतञ्जलिको सम्पूर्ण योग सूत्रमा कूल १९५ सूत्रहरु रहेका छन् । यसमा कूल ४ पाद रहेको छ । १. समाधिपाद, २. साधनपाद, ३. विभूतिपाद, ४. कैवल्यपाद । जस मध्ये समाधिपादमा ५१ सूत्र, साधनपादमा ५५ सूत्र, विभूतिपादमा ५५ सूत्र रहेका छन् । जस मध्ये पहिलो पाद अर्थात् समाधिपादमा योगानुशासनको अवधारणा, योग लक्षण एवं यसको परिणाम र समाधिको प्रकार उल्लेख छ।
योगले शारीरिक स्वास्थ्य राम्रो बनाउने सगै मानसिक ऊर्जा प्रदान गर्ने र आध्यात्मिक चेतना बिस्तार गर्ने बिश्वास गरिन्छ । योगले शरीर, मन र आत्मा लाई जोडेर सन्तुलनमा राख्ने योग गुरुहरुले बताउने गरेका छन । योगका बिभिन्न आसनहरुले शरीर लाई स्वस्थ राख्ने र ध्यानको माध्यमबाट आत्मालाई परमात्मा सग जोडेर मोक्ष प्राप्त हुने बिभिन्न शाष्त्रहरुमा उल्लेख गरिएको छ ।
२१ जुनमा विश्वभर योग दिवस मनाउने गरिन्छ । आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।
भारतिय प्रधानमन्त्री मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो भने संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ ।
पछिल्लो समय बिश्वभर शारिरिक र मानसिक स्वास्थ्यका लागी योग गर्नेहारुको सङ्ख्या बढेर गएको छ ।
बिश्व योग दिबसका अबसरमा आज राजधानी काठ्माण्डौ लगायत देशै भरी प्रभातफेरी लगायत बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।