काठ्माण्डौ-
आगामी असार २२ गते आइतवारका दिन विहान ११ः०० (एघार) वजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा वस्ने भएको छ । बैठकमा उपस्थितिका लागी केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रीत सदस्यहरुलाई उपस्थितिका अनुरोध गरिएको छ ।
। बैठकमा नियमावलि संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलि, २०७६ माथी छलफल हुनेछ तेस्तै राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समिक्षा र भातृ एवं शुभेच्छुक संस्थाको विधान सम्वन्धमा छलफल हुने पार्टिका मुख्य सचिब कृष्ण प्रसाद पौडेल द्वारा जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
तेस्तै बैठकमा बर्तमान सरकारका गतिबिधीहरु र अन्य समसामयिक बिषयमा समेत छलफल हुने पनि उल्लेख गरिएको छ ।








