यस बर्षको मनसुन आजबाट काठ्माण्डौ भित्रीयो , उपत्यकामा भारी बर्षाको शुरुवात



काठ्माण्डौ-

यस बर्षको मनसुन आजबाट काठ्माण्डौ उपत्यका लगायत मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको महाशाखाले जनाएको छ । मनसुन बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै प्रबेश गरेको हो ।

मौसम भित्रीए सगै काठ्माण्डौ उपत्यकामा भारी बर्षा शुरु भएको छ ।उपत्यकाका  स्थानमा भारी बर्षा हुन शुरु भएको छ ।कतिय स्थानका सडकहरु जलमाग्न हुँदा यातायात समेत प्रभाबित भएको छ ।

मौसम बिभागका अनुसार आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू-भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । दिउँसोपख मध्य भू-भागका केही क्षेत्रबाहेक देशका अन्य भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : असार ७, २०७६ शनिबार  ८ : ३० बजे