मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुहारी मन्त्रीलाई मन्त्रीबाट हटाउने कस्को आट ?



काठ्माण्डौ-

अहिले नेकपा भित्र र बाहिर पनि सरकार पुनर्गठन गर्ने बिशयले प्रबेश पाएको छ । सरकार पुनर्गठन गर्ने बिशयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको नेकपाका अर्का अध्यक्ष प्रचण्डले सार्बजनिक गरे सगै नेकपा भित्र सरकार पुनर्गठन हुँदा मन्त्री बन्नेको दौड्धुप समेत शुरु भएको छ । नेकपाका नेताहरु ताती लागेर शिर्ष नेताका निबास धाउन थालेका छन ।

गत १५ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नै पर्ने बाध्यतामा प्राधाअनमन्त्री ओलि रहेका बेला अर्का अध्यक्ष प्रचण्ड पनि सरकार पुनर्गठन गर्नुपर्नेपक्षमा देखिए पछी सरकार पुनर्गठन हुने निष्चित भएको बेला राम्रो काम गर्न नसकेका र बिबादमा परेका मन्त्रीहरुलाई पनि सरकारबाट फिर्ता बोलाएर नयाँ नेताहरुलाई जिम्मेवारी दिनुपर्ने कुरा नेकपा भित्र  उठ्न थालेको छ ।

अहिलेको सरकारका दुइ बिबादित मन्त्रीहरु खानेपानी मन्त्री बिना मगर र सञ्चार मन्त्री गोकुल बास्कोटालाई सरकारबाट फिर्ता बोलाईनुपर्ने आवाज उठी रहेको नेकपाका एक नेताले बताए ।

मेलम्ची आयोजना बिबादित बनाएको ,चर्को कमिशन असुलेको आयोजनामा भ्र्ष्टाचार भएको र पुरानो ठेकेदार कम्पनिलाई काम गर्न नदिएको आरोप खानेपानी मन्त्री बिना मगरलाई लाग्ने गरेको छ ।  तेती मात्रै नभएर आयोजनाको पानी बितरण गर्न बिछ्याइएका पाइपहरु कम्सल भएको कारण पानी चुहिने समस्या देखिएपछी जसलाई कामको जिम्मेवारी दिइएको हो उसैबाट असुल गराउनु भन्ने मेलम्ची आयोजनाको दाता संस्थाले सरकारलाई पत्रनै लेखी सकेको छ ।मेलम्ची आयोजनाको अनिश्चितता पछिल्ला दिनमा अझै बढेर गएको छ ।

अघिल्लो दशै आसपास तिरनै काठ्माण्डौमा मेलम्चिको पानी आइसक्ने दाबी गरिए पनि बाकी रहेको आयोजनाको काम हाल अलपत्र पारेको आरोप  मन्त्री मगरले खेपी रहेकी छिन । खानेपानी मन्त्रीको रुपमा उनको निरन्तरताले पार्टिलाईनै क्षति पुग्ने भन्दै नेकपाका कतिपय नेताहरुले सरकार पुनर्गठन हुँदा उनलाई सरकारबाट फिर्ता बोलाउनु पर्ने माग गरी रहेका छन ।

नेकपाका नेताहरुले सरकारबाट उनि बाहिरिनुपर्ने जतिसुकै तर्क गरेपनी खानेपानी मन्त्री बिना मगर नेकपा अध्यक्ष प्रचण्डकी बुहारी हुन भने प्रचण्डकै जोड बलले मन्त्री बनेकी हुन । अहिले उनलाई सरकारबाट फिर्ता बोलाउने नेकपाका नेताहरुको माग लाई पनि अध्यक्ष प्रचण्डले ठाडै अस्विकार गरेको नेकपा श्रोतले बताएको छ ।

तेस्तै धेरै पटक बिबादमा आइ सकेका सञ्चार मन्त्री गोकुल बास्कोटालाई सरकारबाट फिर्ता बोलाउनु पर्ने नेकपाका नेताहरुको मागलाई नेकपा अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलिले अस्विकार गरेको र उनलाई सञ्चार मन्त्रीकै रुपमा निरन्तरता दिन चाहेको नेकपा श्रोतले बातायो । मिडियामा प्रधनमन्त्री ओलिको बचाउ गर्ने रक्षा कबचको रुपमा सञ्चार मन्त्री बास्कोटा देखिने गरेका छन ।

यस सगै दुबै बिबादित मन्त्रीको पद हाललाइ सुरक्षित देखिएको छ ।

खाने पानी मन्त्री बिना मगर प्रचण्डकि बुहारी मन्त्रीन परिन बिबादितनै भय पनि उनलाई मन्त्रीबाट हटाउने कस्को आट ?

 

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ५७ बजे