आइतबार दिउसो सम्म पानी पर्ने सम्भाबना :सचेत रहन मौसम बिभागको आग्रह



काठ्माण्डौ-

बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै सुरू भएको मनसुन आज काठ्माण्डौ उपत्यका लगायत देशको मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ।भोली अपरान्ह सम्म वर्षा हुन सक्ने संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

बर्षा हुँदा ठूला नदीहरूमा बहाब केही बढ्ने र स-साना नदीहरूमा तीव्र बहाबको संभावना रहेकोले विशेषतःचितवन,नवलपरासी र आसपासका जिल्लाहरूमा सतर्क रहन महाशाखाले जनाएको छ।

आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस रहेको छ तेस्तै आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : असार ७, २०७६ शनिबार  १ : ३६ बजे