काठमाडौँ –
हिजै बाट पश्चिमा तिरा सर्दै गइ रहेको मनसुन सक्रिय भएसँगै पश्चिम नेपालमा ठूलो वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले नेपालगञ्ज आसपासमा वर्षाले सतर्कता तह पार गरेको जनाएको छ ।
आपतकालिन कार्यसञ्चालन केन्द्रले सतर्क रहन आग्रह गरेको छ । वर्षा हुने क्रम जारी रहेकोले डुवानको खतरा देखिएको छ ।
‘हाल दिनको एक बजे नेपालगञ्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ र वर्षा हुने क्रम जारी छ।
चुरेबाट शुरु भइ बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायत स–साना सवै खोलानाला आसपास सतर्क रहौँ। नेपालगञ्ज उमनपाको होचा स्थानहरुमा पनि डुवान हुनसक्छ सतर्क रहौँ’, आपतकालिन केन्दले सूचना जारी गरेर भनेकाे छ । बर्षा जारी रहदा सम्म सतर्कता अपनाउन केन्द्रले सबैलाई भनेको छ ।








