धर्म संस्कृतिलाई मास्ने गरी आएको गुठी विधेयक तत्काल खारेज गर्नुपर्छः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गुठी विधेयक पूर्ण रुपले खारेज हुनुपर्ने बताएका छन् । आइतबार केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउदै अध्यक्ष थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने माग गरेका हुन् ।

राप्रपाको बैठकको निर्णयमा भनिएको छ ‘गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गर्दैछ । ’

उनले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाए । थापाले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए ।

‘त्यो आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ, गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको कदर गर्दै पूर्ण रुपमा खारेज गर्नै माग गर्दछु र नयाँ ल्याउन आग्रह गर्दछु ।’

प्रकाशित मिति : असार ८, २०७६ आइतबार  ८ : ३४ बजे