काठमाडौं ।
साताको पहिलो कारोबार दिन आज आईतबार नै नेप्सेमा पहिरो गएको छ । नेप्से आज १० दशमलव एक अंकले घटेर १२ सय ५४ दशमलव ३५ अंकमा झरेको छ भने सेन्सिटिभ दुई दशमलव एक अंकले घटेर दुुई सय ६९ दशमलव ६० अंकमा झरेको छ । आज एक सय ७२ कम्पनीहरुको पाँच हजार छ सय नौ वटा कारोबारमा १५ लाख ७५ हजार तीन सय ४० कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार रकम ४८ करोड १८ लाख ५९ हजार सात सय ४३ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक बढे पनि बाँकी आठ वटा समुहको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ९२ अंकले घटेर ११ सय २८ दशमलव ९९ अंकमा झरेकोमा जलविद्युुत समुहको सुचक पनि १३ दशमलव ३३ अंकले घटेर ११ सय ८९ दशमलव ४६ अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि घटेकाछन् । विकास बैंक, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन् ।
आज कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गुराँस लघुुबित्त बित्तीय संस्था, गणपती माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा स्वदेशी लघुुबित्त बित्तीय संस्था, सुर्य लाइफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् । रकम कारोवार कारोबार भएको आधारमा भने लक्ष्मी बैंक, डिप्रोक्स लघुबित्त बित्तीय संस्था आदि परेकाछन् ।
८ असार २०७६, आइतबार
0
Shares