मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लवको बन्दः देशैभर आंशिक प्रभाव



काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको आजको नेपाल बन्दको देशैभर आशिंक प्रभाव परेको छ। मंगलबार बिहानैदेखि आशिंक रुपमा सवारी साधन चलेका छन् । त्यस्तै शिक्षण संस्था पनि न्यून संख्यामा खुलेका छन् ।
उपत्यकाका विभिन्न रुटमा चल्ने सवारी अन्य दिनको तुलनामा कम संख्यामा चलेका छन् । यद्यपि, लामो दुरीका सवारी साधन भने चलेका छैनन् ।
पश्चिममा महेन्द्रनगर र धनगढीबाट छुट्ने लामो दुरीका सवारी साधन छुटेका छैनन। नेपालगञ्ज र बुटवलमा पनि आशिंक रुपमा सवारी साधान चलेका छन्। नेपाल प्रहरीले देशभरको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको
बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्।

मंगलबार बिहानै बनेपा रातो पुल नजिकै विस्फोटको आवाज आएको स्थानीयले बताएका छन्। बिहानै तीन् बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयको भनाइ छ। प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन।

त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकर बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १ : ५८ बजे