काठमाडौं । सत्तारुढ दलकै सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेकी छन् । सांसद रेनुका गुरुङले प्रतिनिधि सभाका १ सय १० समानुपातिक सांसदको अर्थमन्त्रीले अपमान गरेको भन्दै राजीनामा मागेकी हुन् ।
संसदको शून्य समयमा मनोनित सांसद खतिवडाले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई विभेद गरेर प्रतिनिधि सभाका सदस्यहरूको मानमर्दन गरेको आरोप लगाएकी हुन् ।
‘कानून निर्माण गर्ने, बजेट पारित गर्ने र कार्यपालिकाको निगरानी गर्ने जस्ता प्रतिनिधि सभाका सांसदहरूको काम कर्तव्य र हैसियत एउटै हुन्छ भनेर थाहा हुँदाहुँदै ११० सांसदलाई स्थानीय पूर्वाधार कार्यक्रममा विभेद गरेको उनको भनाइ थियो । उनले भनिन्, ‘उहाँ यो पदमा बस्न अनुचित भएकोले सम्माननीय सभामुखमार्फत प्रधानमन्त्रीसमक्ष अर्थमन्त्री खतिवडाको राजीनामाको जोडदार माग गर्दछु, ।’ उनले
राजनीतिक व्यक्तिलाई अर्थमन्त्री नियुक्त गर्न समेत माग गरेकी छिन् ।