जनताले जिते : मन्त्री अर्यालले राष्ट्रियसभाबाट गुठी बिधेयक फिर्ता लिइन



काठ्माण्डौ-

सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले राष्ट्रियसभा राष्ट्रियसभा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत सगै उक्त प्रस्ताब सर्बसहमतिले पास भएको हो ।

प्रस्ताब पास भय सगै गुठी बिधेयक राष्ट्रियसभाले सर्वसम्मतले फिर्ता गरेको हो।

‘जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिइ आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको’ जानकारी गराउँदै उनले विधेयक फिर्ताका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

उनले गुठी विधेयक फिर्ता भएपछि खारेजीको मागप्रति आश्चर्य व्यक्त गरिन्।

राष्ट्रियसभामा गत वैशाख १७ गते उक्त विधेयक दर्ता भएको थियो भने जेठ ६ गते राष्ट्रिय सभामा प्रस्तुत भएको थियो । बिधेयकाका बिषयमा जेठ १३ गते सामान्य छलफल भएको थियो।

बिधेयक बिरुद्द प्रमुख प्रतिपक्षी नेपाली काङ्रेसले देशै भर बिरोध शुरु गरेको थियो ।

बिरोध बढ्दै गएपछी राजधानीमा विधेयकविरूद्ध गुठियारहरुले गरेको व्यापक प्रदर्शन पछि सरकार बिधेयक फिर्ता लिना बाध्य भएको हो ।

प्रकाशित मिति : असार १०, २०७६ मंगलबार  १० : १० बजे