अत्याधिक गर्मिले बिधार्थी बेहोस हुन थालेपछी बिधालय बन्द



उदयपुर-

गर्मी बढे पछी त्रियुगा नगर कार्यपालिकाको बैठकले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका शैक्षिक संस्थालाई तीन दिनका लागि बिदा दिने निर्णय गरेको छ ।
निर्णय अनुसार शैक्षिक संस्थाहरु बुधवार देखी ३ दिन सम्म बन्द रहने छन ।

त्यस क्षेत्रको तापक्रम एक हप्ता यता ४४ डिग्रीसम्म पुगेपछी विद्यार्थी विद्यालयमै बेहोस हुन थालेका थिए। अत्याधिक गर्मिले बालबालिका समस्यामा पर्न थालेपछी बिदा दिने निर्णय गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए।

प्रकाशित मिति : असार १०, २०७६ मंगलबार  १२ : ११ बजे