बालुवाटार जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बोलायो अख्तियारले



काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्ररकणमा मुछिएका हरुलाई बयानका लागि बोलाएको छ । सात दिनभित्र आयोगमा हाजिर हुन उनीहरुलाई अख्तियारले सार्वजनिक सूचना जारी गरेको हो ।

बुधबार जारी गरिएको सूचनामा बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद प्रकाशित गरिएको उल्लेख छ। ‘बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ’ अख्तियारले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा नाती काजी महर्जनसहित भाटभाटनीका संचालक मिनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, त्रिताल आयोगले भूमाफिया भनेर किटानी गरेका शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल र छोरी लक्ष्मी ढकाल, रामकुमार सुवेदीका श्रीमती माधवी सुवेदी लगायत ८६ जनालाई लाई बयानका लागि आयोगले बोलाएको छ। यस प्रकरणमा नेकपा महासचिब बिष्णु पौडेल को समेत सम्लग्नाता रहेको समाचारहरु सार्बजनिक भएका थिय ।

प्रकाशित मिति : असार ११, २०७६ बुधबार  १० : ०७ बजे