काठ्माण्डौ-
चोरीको आरोपमा विवादमा परेकाे ‘गलबन्दी’ गीतका बारेमा प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा संगीताकारको रुपमा राईको नाम राखिने सहमति भएको हो ।प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो
गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।
‘गलबन्दी’ले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ। राई र सपुत दुबैले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको उल्लेख छ।
सपुतले राईको गीत चोरि गरेको भन्दै आलोचना हुँदै आएको थियो। संगीताकारको रुपमा राइको नाम राख्ने सहमती पछी गयक सपुतले उक्त गित शम्भु राइको पुरानो गितबाटै कपी गरेको भने प्रमाणित भएको छ ।










