बिहीबारदेखि देशभर मनसुन सक्रिय,छिनमै घाम लाग्ने छिनमै पानी पर्ने



काठ्माण्डौ-

बिहीबारदेखि देशभर मनसुन सक्रिय भएको छ ।

देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।

यस्तो अवस्थामा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने उनले बताइन्  ।

बिहीबार देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने महाशाखाले जनाएको छ ।

राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमी भू–भागमा आंशिक बदली रहने छ ।

गत बर्षको भन्दा यो बर्ष १० दिन ढिला गरी मनसुन शुरु भएको हो

प्रकाशित मिति : असार १२, २०७६ बिहिबार  ७ : ४१ बजे