काठ्माण्डौ,एजेन्सि-
एक हजार बढी आप्रवासीबीच भएको प्रतिस्पर्धामा टोरोन्टो नेपाली मुलका डा. तुल्सी धरेलले उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जितेका छन् ।
धरेलसँगै भियतनाम, जमैका, भेनेजुएला, युगाण्डा, सिरिया, लेबनान, दक्षिण कोरिया,चिन, हङकङ, नाइजेरिया, इरान, भारत, पाकिस्तान, फिलिपिन्सका २५ आप्रवासी यस वर्षको अवार्डबाट सम्मानित भएका छन् ।
आवार्ड पाएपछी आफूलाई जिताउन अनलाइन भोट गरेर सहयोग पुर्याउने क्यानडावासी नेपालीलगायत देश विदेशबाट पनि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै धरेलाले अझै प्रतिबद्ध भएर सामाजिक काम गर्न ऊर्जा मिलेको बताए ।
क्यानडियन इमिग्रेन्ट म्यागेजिनले हरेक वर्ष उत्कृष्ट २५ जनालाई यो अवार्ड दिने गर्दछ ।