५ जना भारतियहरुले लिएको नेपाली नागरिकता खारेज गर्ने मन्त्री परिषदको निर्णय



कठ्माण्डौ-

मन्त्रिपरिषद् बैठकले भारतीय नागरिक जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजयकुमार ठाकुर, यमुना सिंह र कृपाली सिंहको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् निर्णय बारे जानकारी गराएका हुन ।

त्यस्तै पाँच जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरिएको उनले बताए । फाजिल रहेका विविध सेवा रा ।प । तृतीय श्रेणीका ६० जना अधिकृतलाई प्रदेश र स्थानीय तहमा रिक्त रहेका मिल्दो पदमा समायोजन गर्ने निर्णय गरिएको छ भने राष्ट्रियस्तरमा ‘वृक्षारोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता बास्कोटाले बताए ।

बैठकले सवारी तथा यातायत व्यवस्था ऐन, २०४९ खारेज गरी संघीय सवारी तथा यातायात व्यवस्था सम्बन्धी विधेयक, २०७६ तर्जुमा गर्न सैद्दान्तिक स्वीकृत दिएको छ ।

मन्त्रिपरिषद् बैठकाका निर्णयहरु-

 

 

प्रकाशित मिति : असार १२, २०७६ बिहिबार  ३ : ३६ बजे