काठ्माण्डौ-
गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
भाषा परीक्षाको नतिजा बिहिबार राती प्रकाशित भएको हो ।
यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिने मध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका थिय।
यसमध्ये ८ हजार १ सय ४१ जना अनुपस्थित भए भने अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो।
परीक्षाको नतिजा http://epsnepal.gov.np/ मार्फत पनि हेर्न सकिनेछ।