नारीको शिष्टतामाथि धावा बोल्ने इटहरीका मेयरलाई तत्काल कानुनी कार्बाही होस : काँग्रेस नेता खाँण



काठमाडौं,

इटहरीका मेयर द्वारिकालाल चौधरीले नारीको शिष्टतामाथि निन्दा गरेको भन्दै काँग्रेसले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा आपत्ति जनाएको छ ।  बैठकको सुरुमै  काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले मेयरको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

इटहरीका मेयरले बोलेका कुराप्रति सरकारको ध्यानाकर्षण गर्दै उनले कुनै पनि जनप्रतिनिधिले कसैलाई अपहेलित गर्ने अधिकार नभएको जिकिर गरेका छन् । जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको शिर निहुराउने काम गरेको उनको भनाई छ ।

नेता खाणले मेयर चौधरीलाई तत्काल कानुनी कार्बाही गर्न सरकारसग माग गर्दै जनप्रतीनिधि भन्दैमा जेसुकै गर्ने छुट नहुने बताए ।

उनले मन्त्रीहरूको विरोध गर्दा काँग्रेसका कार्यकर्तामाथि आक्रमण र प्रहरीले नियन्त्रण गरेको भन्दै प्रतिपक्षीको विरोधको कार्यलाई हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार  ३ : ३४ बजे