काठ्माण्डौ-
नेपाल कम्युनिष्ट पाटी माओवादीले असार २२ गते आईतबार नेपाल बन्द आवाहन गरेको छ । नेकपा माओवादीका पश्चिम इन्चार्ज प्रतावले शुक्रबार विज्ञप्ति निकालेर हिरासतमा रहेका राजबन्दी रिहाइको माग गर्दै बन्द आवाहन गरेका हुन्।
असार २२ गते आवाहान गरिएको बन्दमा उद्योगधन्दा, यातायत सबै बन्द गर्न आग्रह गर्दै बन्द उल्लङ्घन गरि प्रहरीको स्कटीङमा गाडी चलाए साँझ भौतिक कारवाही गर्ने चेतावनी समेत दिएको छ ।विज्ञप्तिमा जनताको जनपक्षिय अधिकारमा जोड दिदैं दलाल भ्रष्टचार, महङ्गी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गर्न पनि आवाहन गरिएको छ ।









