काठ्माण्डौ-
नेकपा नेता भीम रावलले नेपाली चलचित्र क्षेत्रका लागि बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि एक अर्व बजेट दिन लागेको प्रती आपत्ती जनाएका छन । अन्तराष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि सरकारले एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै उनले आपत्ति जनाए ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको लगानीमा आयोजना हुने सो अवार्डमा नेपाल सरकारले १ अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको उनले बताए । जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले विदेशी कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउनु कुनै दृष्टिकोणले पनि उपयुक्त नभएको जिकिर गरे ।
सरकारले सो फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्विकृति प्रदान गरेको थियो ।
नेता रावलले सामाजिक सञ्जालमा समेत सरकारको उक्त निर्णय प्रती असहमती जनाएका छन ।उनले सरकारले एस्ता काम कसको उक्साहटमा गर्छ भन्ने प्रश्न उठाएका छन ।
रावलको ट्विटरबाट
भारतीय चलचित्र पुरस्कार अाइफाको अायोजनाको लागि काठमाडौं न.पा.ले ४४ करोड दिने, नेपालको करिव १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खवर सुन्दा अाश्चर्य लागेको छ । यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ! नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि?
— Bhim Rawal, PhD (@BhimRawal179) June 29, 2019










