पोखरा-
सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले नेकपा आफू प्रवेश गर्न लागेको जानकारी दिएका छन्। उनले विचार मिलेपछि सहकार्य गर्न लागेको समेत पत्रकारहरूलाई बताएका छन ।
यस सगै गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद तथा डनको रुपमा समेत चिनिने राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा प्रवेश गर्ने भएका हुन । ।
हाल प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत रहेका मनाङेलाई भोली कार्यक्रम गरी नेकपा प्रबेश गराउने तयारी गरिएको नेकपाका नेताहरुले बताएका छन । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम छ।
स्वतन्त्र उम्मेद्वार मनाङेलाई चुनावमा पनि तत्कालीन एमालेले समर्थन गरेको थियो।