भारतीय गाडिले बाटो छेक्दा पृथ्वी राजमार्ग ९ घन्टादेखि अवरुद्ध



धादिङ,

खानीखोलास्थित सडकमा भारतीय गाडी बिग्रदा उक्त सडकखण्ड अबरुद्द बनेको छ । राजस्थानबाट मार्बल बोकेर आएको १८ चक्के ट्रक नौबिसे खत्री पौवा नजिक बिग्रिएपछि ९ घण्टादेखि राजमार्ग अवरुद्ध भएको हो ।खानीखोलास्थित इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार करिब ५० टन मार्बल बोकेर ल्याएको आरजे ३२ जीसी ००४३ नम्बरको ट्रक मोडमा बिग्रेपछि राजमार्ग अवरुद्ध भएको हो।

मर्मतमै समय लाग्ने र अत्यधिक भारको ट्रक तान्ने उपकरण नभएपछि मार्बल झारेर यातायात व्यवस्थापन गर्ने तयारी रहेको प्रहरीले बताएको छ।राजमार्ग अवरुद्ध भएपछी यात्रुले सास्ती बेहोर्नु परेको छ ।

प्रकाशित मिति : असार १९, २०७६ बिहिबार  ९ : २५ बजे