संखुवासभा – विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता अत्याधुनिक हतियार र गोलीसहित पक्राउ परेका छन् । संखुवासभामाका जिल्ला नेता दोर्जे तामाङ अत्याधुनिक हतियार र गोलीसहित पक्राउ परेका हुन् ।
प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाका अनुसार उनको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद गरिएको छ ।
हतियारसहित पक्राउ परेका तामाङबाट पार्टीका दस्तावेजलगायत अन्य सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
१९ असार २०७६, बिहिबार
0
Shares