काठ्माण्डौ-
सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेकपा बिप्लब समुह चुनाब लड्ने हुत्ती नभएर जङ्गल पसेको आरोप लगाएका छन ।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लवका क्रियाकलाप जनतामा त्रास फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको विप्लव बिप्लब समुहले दक्षिणपन्थीलाई टेवा पुर्याइरहेको आरोप लगाए ।
मन्त्री बास्कोटाले बिप्लब समूह आतंकवादी समूह नै भएको ठोकुवा गर्दै उनले सरकारले वार्ता आह्वान गर्दागर्दै अस्वीकार गरी हिंसा रोजेर विप्लव समूह उपयोगितावादी भएको दाबी गरे।
‘उहाँहरु जम्माजम्मी उपयोगितावादी हो,अराजकतावादी हो,लुटेरा समुह हो,क्रमश संगठित आतंकवाद हो,सामाजिक भासिवाद पनि हो। त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन। चुनाव लड्ने हुती छैन। कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरिर मान्छेलाई दिनहुँ त्रर्साएर के हुन्छ ? त्यसकारण सरकार तर्सँदैन,’ उनको भनाइ थियो।
सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उनले विप्लव समूहलेनै वार्तालाई अस्वीकार गरी भागेको टिप्पणी गरे। उनले हत्या हिम्सा स्विकार्य हुन नसक्नेमा समेत जोड दिए ।