अत्याधुनकि अमेरिकी हतियार किन्ने तयारीमा नेपाली सेना



काठमाडौं असार, २१–
सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने भएको छ। रक्षा मन्त्रालयले सेनाको आधुनिकीकरण, सवलीकरण र पेसागत क्षमता अभिवृद्धिअन्तर्गत पुराना हतियार विस्थापनका लागि गृहकार्य गरेको हो ।

रक्षाले दुई अर्ब रुपैयाँभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थान अत्याधुनकि अमेरिकी हतियार ल्याउन लागेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पुराना हतियारका ठाउँमा नयाँ हतियार क्रमिक रुपमा प्रतिस्थापन गरी सेनालाई आधुनिक हतियारले सुसज्जित प्रक्रिया अघि बढाइसकेको जानकारी रक्षा अधिकारीले दिए ।

प्रकाशित मिति : असार २१, २०७६ शनिबार  २ : ५३ बजे