२१ असार, काठमाडौं –
शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुरलाई केन्द्र बनाएर शनिबार अपरान्ह भूकम्प गएको हो ।
४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले बताएका छन ।
भूकम्पको धक्का सगै थुप्रै ठाउमा मानिसहरु सडकमा निस्किएका थिय ।
भूकम्पको थप विवरण आउन बाँकी छ ।








