काठमाडौंमा भूकम्पको धक्का महसुस



२१ असार, काठमाडौं –

शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुरलाई केन्द्र बनाएर शनिबार अपरान्ह भूकम्प गएको हो ।

४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले बताएका छन ।

भूकम्पको धक्का सगै थुप्रै ठाउमा मानिसहरु सडकमा निस्किएका थिय ।

भूकम्पको थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : असार २१, २०७६ शनिबार  १० : ४८ बजे