असार २८ गते भित्र नदी किनारका बाली नाली उठाइसक्न र निर्माणका काममा सतर्कता अपनाउन आग्रह



काठ्माण्डौ-

खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध अनुरोध गरेको छ।

तटीय क्षेत्रमा निर्माणको काममा पनि उच्च सतर्कताका अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव उच्च हुने पूर्वानुमान गर्दै महाशाखाले शनिबार सुचना जारी गरेको हो ।

सोमबारसम्म भने प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको शाखाले जनाएको छ ।

प्रकाशित मिति : असार २१, २०७६ शनिबार  २ : २९ बजे