मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको केन्द्रीय समिति बैठकः तोकिएला त १४ औं महाधिवेशनको मिति ?



काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

त्यस्तै, आजको बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

उता पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक केही दिन लम्बिने सक्ने संकेत गरेका छन् । उनका अनुसार केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राख्ने क्रम कम्तीमा ४–५ दिनसम्म चल्नेछ । कांग्रेसले यही केन्द्रीय समिति बैठकबाट पार्टीको १४ औं महाधिवेशनको मिति समेत तोक्नसक्ने अनुमान पनि गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : २१ बजे