सरकारविरुद्ध नेविसंघको प्रदर्शन, भारतीय दबावमा विषादी परीक्षण रोकेको आरोप



काठमाडौं । जनतालाई विष खुवाएको भन्दै कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघले भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । आइतबार नेविसंघले र्‍यालीसहितको प्रदर्शनमा ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो ।

भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ ।

र्‍याली बाल्मिकी क्याम्पसबाट सुरु भइ पुतली सडक चोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ०० बजे