मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आखिर प्रचण्डलेनै घुमाए प्रधानमन्त्री ओलीलाइ : ओलिले मदन भण्डारिको जबज छोडे



काठ्माण्डौ-

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको एकता प्रकृयाकै जटिल मानिएको र एक वर्षदेखि थाँती रहेको राजनीतिक दस्ताबेज प्रकाशित गर्ने बिषयमा नेकपाका अध्यक्ष द्द्वय प्रधानमन्त्री केपी ओलि र पुष्पकमल दाहाल प्रचण्ड बिच सहमती जुटेको छ ।

पार्टी भित्र र बाहिर चौतर्फी घेराबन्दीमा परेका र आलोचना खेपिरहेका प्रधानमन्त्री ओलिले उनका सामु बढ्दै गएको संकट मुक्तिका लागि पार्टिले लामो समय देखी अङ्गाल्दै आएको मदन भण्डारिको ‘जनाताको बहुदालिय जनबादलाई नेकपाको राजनीतिक दस्ताबेजमा नराख्न सहमत भएका हुन ।

भक्तपुरमा आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनितिक दस्ताबेजका बिषयमा प्रधानमन्त्री ओलि र आफु बिच छलफल भई सहमती जुटेको बताएका हुन ।

प्रचण्डले भने ‘तपाइहरुलाई खुशिको कुरा सुनाउछु हामी बिच राजनितिक दस्ताबेजका बिषयमा जुन असहमती थियो ,त्यो टुङ्गिएको छ ।अब पार्टिका कुन नेताले बोलेको कुरा पार्टिको आधिकारिक लाईन हो भन्ने अन्योल समाप्त भएको छ । आज बिहान मात्रै प्रधनमन्त्री ओलि जि र मेरो बिच मा बालुवाटारमा  भएको छलफलमा सहमती जुटाउन हामी सफल भएका छौ’ ।

करिव एक वर्ष पहिले नै प्रकाशित हुनुपर्ने प्रतिवेदन ओलीकै कारण रोकिएको थियो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलले ओली र दाहाललाई सात दिनभित्र सहमतिका साथ उक्त राजनीतिक दस्तावेज संयुक्तरुपमा सार्वजनिक गर्ने सर्तमा बुझाएका थिए।अबा उक्त प्रतिबेदन जस्ताको तस्तै प्रकाशित हुने भएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ०४ बजे