मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरपालिकाकी उपमेयर खड्गी डिस्चार्ज



काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी डिस्चार्ज भएकी छिन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपमेयर खड्गी बिहिबारदेखि नर्भिक अस्पताल भर्ना भएकी थिईन । आज बिहान खड्गीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा आगामी आर्थिक वर्षका लागि बजेट तयारीको सिलसिलामा आयोजना गरिएको बैठकमा सहभागी खड्गीले शारीरिक रुपमा असजिलो महसुस गरेपछि साँझ ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

छातीमा सामान्य समस्या देखिएपछि उनलाई सीसीयूमा राखेर उपचार गरिएको थियो । सोमबार बिहान उपमेयर खड्गीलाई भेट्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला नर्भिक अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : ४५ बजे