विराटनगर-
जनप्रतिनिधिको सेवा सुविधा बढेको बिषयमा चौतफी आलोचना भईरहेको बेला यता विराटनगर महानगरपालिकामा काँग्रेसबाट निर्वाचीत ७ जनप्रतिनिधिले पोशाक भत्ता नलिने निर्णय गरेका छन ।
आज संञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिदै महानगरकी उप–प्रमुख ईन्दिरा कार्की वडा न. १ का अध्यक्ष उद्दब अर्याल, ३ का अध्यक्ष विनोद बस्नेत, ४ का अध्यक्ष देवेन्द्र पोखरेल, ७ का अध्यक्ष मधुबाबु तिवारी , ८ का अध्यक्ष निश्चल अर्याल, ९ का अध्यक्ष विश्व नाथ भगतले प्रत्येक बर्ष जनप्रतिनिधिले पाउने पोशाक भत्ता वापतको १० हजार नलिने घोषण गरेको जनाएका हुन ।
उप–प्रमुख कार्कीले भनिन,‘ हामी काग्रेस बाट निर्वाचीत जनप्रतिनिधिले पोशाक भत्ता नलिने निर्णय गरेका छौ ,‘ । दुई बर्ष अघि महानगरका प्रमुख भिम पराजुलीले पोशाक भत्ता मात्रै हैन तलव सुविधा समेत नलिने घोषणा गरिसकेका छन ।
महानगरका ८ वटै जनप्रनिधिले जनताको विकासका कामलाई प्राथामिकतामा राखेर कामगरिरहेको बताएका छन ।