मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आकस्मिक मन्त्रिपरिषद्को बैठक सम्पन्न, के भयो त निर्णय ?



काठमाडौं । मंगलबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बास्कोटाले सरकाका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आजको बैठकमा मन्त्रिमण्डल हेरफेर गर्नेबारे कुनै पनि कुरो नभएको बताए । मन्त्री बास्कोटाले आजको मन्त्रिपरिषद् बैठक मन्त्रिमण्डल हेरफेर गर्ने भनेर नबोलाइएको प्रष्ट पारेका हुन् ।उनले मन्त्रिमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको नितान्त व्यक्तिगत मामिला भएकाले मन्त्रिपरिषद् बैठकमा त्यसको छलफल हुन आवश्यक नभएको प्रतिक्रिया दिए ।

मन्त्रिमण्डल हेरफेर गर्ने विषय बैठकको एजेण्डा नै नभएको बास्कोटाले बताए । ‘मन्त्रिमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको नितान्त व्यक्तिगत विषय हो,’ बास्कोटाले भने, ‘यसलाई क्याबिनेटमा छलफल गर्नैपर्दैन ।’

बिहान ७ बजे बोलाइएको मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक करीब १० बजेतिर सकिएको थियो । बास्कोटाका अनुसार बैठकमा सरकारका पछिल्ला गतिविधि र केही विवादित विधेयकबारे छलफल भएको थियो ।

यसअघि सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमवार र बिहीवार बस्ने गरेको थियो । मंगलवार बिहान ७ बजे नै खाना खाने गरी बोलाइएको बैठकले कुनै आकस्मिक निर्णय गर्ने हो कि भन्ने हल्ला राजनीतिक वृत्तमा देखिएको भएतापनि त्यस्तो केही नभएको सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।

‘यो सोमवारकै बैठकको निरन्तरता हो,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै बास्कोटाले भने, ‘यसलाई आकस्मिक बैठक भन्न पनि मिल्दैन । बैठक बिहान साँझ जतिबेला पनि बस्न सक्छ ।’

बैठक बसिरहेको बेलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव बैठक छोडेर बाहिरिएपछि विभिन्न आशंका पैदा भएको थियो । सीमा नाकामा भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय सरकारले फिर्ता लिएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । मन्त्री यादवले आफूलाई सचिवहरूले डुबाएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ३९ बजे