मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो भिडन्त, एक प्रहरीसहित २ जनाको मृत्यु



भोजपुर । भोजपुरमा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भएको भिडन्तमा दुईजनाको ज्यान गएको छ । भोजपुरको सदरमुकाम सदरमुकाम हटिया लाइनमा प्रहरी र प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो । दुवै तर्फ गोली हानाहान हुँदा प्रहरी जवान सन्जिव राई र विप्लवका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको हो । विप्लव कार्यकर्ता सदरमुकाम आएको थाहा पाएपछि नियन्त्रणका लागि प्रहरी टोली खटिएको थियो ।

सुरक्षा अधिकारीका अनुसार प्रहरीले पक्राउ गर्न खोज्दा विप्लव कार्यकर्ताले गोली चलाएपछि दोहोरो भिडन्त भएको थियो । खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका भोजपुर इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : ०४ बजे