मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा बैठकमा बुधबार पनि कांग्रेसको नाराबाजी, बैठक स्थगित



काठ्माण्डौ-

आज बुधबारको प्रतिनिधिसभामा नेपाली कांग्रेस र अन्य बिपक्षी दलहरुले नाराबाजी गरेका छन ।

बैठक सुरु भएपछी कांग्रेस र राजपा सांसदलाई सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछी नाराबाजी शुरु भएको हो ।

सभामुख महराले बस्न आग्रह गरे तर विपक्षी सांसदहरुले माननेन् । विपक्षीको विरोधका बावजुत सभामुख महराले सदनको कारबाही अगाडि बढाएपछि सांसदहरु रोष्टम घेराउ गर्न पुगे ।

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विभिन्न विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश सुनाउन अनुमति दिएका थिय ।

सभामुखले समय नदिई बैठक अगाडि बढाएपछि कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएपछि बैठक स्थतिग भएको छ । बैठक असार ३० गतेसम्मका लागि स्थगित भएको हो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ४१ बजे