मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ताधारी र विद्रोही दुवै नेकपालाई नेपाली कांग्रेसको संयुक्त अपिल 



काठ्माण्डौ-

भोजपुरमा आज रास्ट्रसेवक प्रहरी जवान सन्जिव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएका छन् भने विद्रोही माओवादी समुहका कार्यकर्ता र प्रहरी बिच भएको गोली हानाहानमा भएको मानबिय क्षति प्रती दुख ब्यक्त गर्दै घटनालाई पार्टी ले गम्भिरताका साथ लिएको जनाएको छ ।

पार्टिका तर्फबाट बिज्ञप्ती जारी गर्दै प्रबक्ता बिश्व प्रकाश शर्माले रास्ट्रसेवक प्रहरी जवान सन्जिव राई र विद्रोही माओवादी समुहका कार्यकर्ता निरकुमार राइको मृत्यु प्रती दु:ख ब्यक्त गर्दै अब यस विषयलाई बिशेष गम्भीर ढंगले लिन र समाधानको खोजी गर्न पर्याप्त दबाब सम्बन्धित दुवै पक्षलाई बढाएको हुनुपर्छ भन्ने अपेक्षा नेपाली कांग्रेसले गरेको जनाइएको छ ।

बिज्ञप्तीको पूर्ण पाठ –

असार २५, २०७६

सत्तारूढ र विद्रोही दुवै नेकपालाई संयुक्त चेतावनी र अपिल
“शान्तिपुर्ण समाधानको विकल्प रोज´´ !

१, भोजपुरमा आज रास्ट्रसेवक प्रहरी जवान सन्जिव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएका छन् भने विद्रोही माओवादी समुहका कार्यकर्ता निरकुमार राइपनी घटनामा मारिएका छन् l नेपाली कांग्रेसले यो दु:खद घटनालाई
गम्भीरतापूर्वक लिएको छ l

२,काठमाडौमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको `फेक इन्काउन्टर´ र पुर्वी पहाडमा `फेक इन्काउन्टर´को पहिलो घटना पश्चात् आज दुई युवाको जीवन समाप्तिको घटनाले अब विषयलाई बिशेष गम्भीर ढंगले लिन र समाधानको खोजी गर्न पर्याप्त दबाब सम्बन्धित दुवै पक्षलाई बढाएको हुनुपर्छ भन्ने अपेक्षा नेपाली कांग्रेसले गरेको छ l

३, दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्यहरु पुन सामना गर्न किमार्थ तयार छैन lनेपाली कांग्रेस विद्रोही नेकपाका नेता विप्लवलाई हत्या-हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुन अपिल गर्दछ l प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य हामी स्मरण गराउन चाहन्छौं l

४, संविधानलाई अस्विकार गरेर गतिविधि गरिरहेका सबै खाले समुहलाई वार्ता मार्फत विश्वासमा लिनेे कर्तव्य सरकारको हो l हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको कांग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ  l

५, विप्लवको हिंसा झैं सरकारको निषेधको रणनीतिपनि गलत छ l दर्तानै नरहेको दलमाथी प्रतिबन्धको घोषणाले मुलुकमा समाधान होइन तनाव सृजना गर्न योगदान पुर्‍यायो l सो घोषणा पश्चात् समस्या समाधानको संकेत देखिएन बरु चर्किन त्यसले नकारात्मक ढंगले योगदान गर्‍यो l नेपाली कांग्रेस निषेधको नीति त्याग गरेर संवाद मार्फत समाधान पहिल्याउन प्रधानमन्त्रीको शासकीय योग्यता देशले खोजेको उहाँलाई स्पस्ट गर्न चाहन्छ l

६, जनताको बलिदानिपुर्ण संघर्षहरुबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि अघि बढ्नु हामी सबैको साझा कर्तव्य हो l सत्तारूढ र विद्रोही दुवै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतको होलि नखेल्न हामी चेतावनी दिन चाहन्छौं  l आजका उपलब्धिहरुको जगेर्नाका लागि गम्भीर बन्न हामी दुवै नेकपालाई अपिल गर्दछौं l

७, सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेस भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ !

जय नेपाल

विश्वप्रकाश शर्मा

प्रवक्ता

 

 

 

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ०१ बजे