भारी बर्षाका कारण अधिकांश विमानस्थल बन्द



काठमाण्डौ-

आज देशैभर बर्षा भइ रहेको छ ।गत बिहीबारदेखि लगातार परिराखेको वर्षाले अधिकांश विमानस्थल बन्द छन् ।

भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार लुक्ला, भोजपुर, तुम्लिङटार, फाल्पु, लामिडाँडाँ र धनगढी विमानस्थल बन्द छन् ।

भैरहवा, पोखरा, विराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि सुचारु छन ।

प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार  ६ : ३३ बजे