बर्षाका कारण प्रशासनिक केन्द्र सिंहदरबार पूर्बी गिट छेउको पर्खाल भात्कियो



काठमाडौं–

भारी वर्षाका कारण देशैभरी बाढी पहिरोका घटना बढी रहेका बेला सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल समेत भत्किएको छ ।

नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पूर्व पट्टिको उक्त पर्खाल ढलेपछि केही समय यातायात आवतजावतमा समस्या परेको थियो ।

अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइरहेको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।

प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार  ७ : ०५ बजे