काठमाडौं–
भारी वर्षाका कारण देशैभरी बाढी पहिरोका घटना बढी रहेका बेला सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल समेत भत्किएको छ ।
नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पूर्व पट्टिको उक्त पर्खाल ढलेपछि केही समय यातायात आवतजावतमा समस्या परेको थियो ।
अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइरहेको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।








