काठमाडौं – ‘विप्लव’ नेतृत्वको नेकपाका सोलुखुम्बु जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । चितवन प्रहरीले सेक्रेटरी शिवा खड्कालाई भरतपुर महानगरपालिका–२६ ज्योतिनगर क्षेत्रबाट शुक्रबार पक्राउ गरेको हो। प्रहरी टोलीले खड्का भरतपुरमा रहेको सूचना पाएपछि खोजी गर्ने क्रममा ज्योतिनगर क्षेत्रमा भेटेको जनाएको छ।
सोलुखुम्बु नेचासल्यान गाउँपालिका–२ खाल्पा माइतीकी खड्का महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै सोलुखुम्बु जिल्लाको सेक्रेटरी भएकी थिइन्। प्रहरीले उनका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
२७ असार २०७६, शुक्रबार
0
Shares