मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झरिमा रुझ्दै नेविसंघ शंकर देव क्याम्पसको सरकार बिरोधी प्रदर्शन



काठ्माण्डौ-

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पसले पुतली सडकमा प्रदर्शन गरेको छ ।प्रदर्शनकारी बिधार्थिहरुले दर्के झरिको समेत पर्बाह नगरि प्रदर्शनमा उत्रीएका थिए ।

सरकारले तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा शुक्रबार दिउँसो नेविसंघले विरोध प्रदर्शन गरेको हो । विदेशबाट आयात गरिने तरकारी तथा फलफुलको नाकाहरुमै विषादी परिक्षणको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

शंकर देव क्याम्पसका नेविसंघ नेता दीपक ओझाको नेतृत्वमा नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो । नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनः नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघ नेता बबि जोशीले बताए ।

विद्यार्थी नेताहरु अमोद अधिकारि, अरुण के सि , छ्त्र रावल (लोउद्), देब राज ओझा, जिवन बिष्ट, मिलन खतिवडा, सिजन खड्का, कृष्ण बोहरा , सोम राज मल्ल लगायतको नेतृत्वमा प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १ : ०६ बजे