पहिरोले भान्सा घर पुरिदा भोजपुरमा एकै परिवारका ३ जनाको मृत्यु



काठमाडौँ –

लगातार बर्षा पछी खसेको पहिरोमा पुरिएर भोजपुर जिल्लाको रामप्रसाद राई गाउ पालिकाको माने भञ्ज्याङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

स्थानीय कुमार राईको भान्सा घर पहिरोले पुर्दा उनकी श्रीमती मनकुमारी र छोराहरु शिवकुमार र शक्तिकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।भान्साघरमा मकै भुट्न गएका बेला माथिबाट खसेको पहिरोले थिच्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनास्थलमा प्रहरीको टोली खटिएको छ ।

अहिले पनि पानी परिरहेको र पहिरो खसिरहेकोले शव निकाल्न नसकिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : असार २८, २०७६ शनिबार  ६ : ४६ बजे