काठमाडौं-
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले बाढी पिडितको लागि सरकारको तयारी नपुगेको बताएका छन्।
रिपोर्टस क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै पौडेलले विपद् न्यूनीकरणको पुर्व तयारी गर्न नसक्दा तराईका जिल्ला बासीहरु प्रत्येक बर्ष बाढीको चपेटामा पर्ने गरेको बताएका हुन्।
‘अनियन्त्रित ढंगबाट बनाईएका बाँधहरु भत्काउने, मर्मत गर्ने र नेपालबाट समाधान नहुने समस्याबारे भारतसंग कुरा गरेर भएपनि बाढीजन्य पीडाको दीर्घकालीन उपाय खोज्नुपर्छ,’ नेता पौडेलले भने।
सरकारले बाढि तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा जोड दिदै उनले भने,‘पीडितको राहतको लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ, २० दिनपछि राहत दिएर हुँदैन् ।’
नेता पौडेलले हाल नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक चली रहेकोले बाढी पहिरो पिडितका लागी कांग्रेसले गर्ने सहयोगका बिषयमा बैठकमा छलफल गरिने समेत बताए ।