फेसबुकबाटै ८० लाख रुपैयाँ भन्दा बढी ठगी गर्ने तीन जना प्रहरिको फन्दामा



काठमाडौं–

फेसबुकमार्फत ८० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने तीन युवालाई आठ्माण्डौ प्रहरीले पक्राउ गरेको छ।

ठगी गर्ने तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो।

उनीहरुले तारा ग्याजेट नामको फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडी लगायतका वस्तुहरु ल्याउने भन्दै विज्ञापन गरेर ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अपराध महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन्।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  ११ : १३ बजे