काठ्माण्डौ-
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन गरेको छ।
बुधबार काठमाडौंका नेपाल टार,बाइपास ,माछापोखरी लगायतका ठाउँमा सहयोग संकलन गरिएको हो।
नगद र जिन्सी सहयोग गरिएको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले बतायका छन्।बुधबार ४९५७१ हजार नगद र जिन्सी लत्ताकपडा राहत सहयोग संकलन भएको भट्टले बताए।

संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका निरन्जन थापाले जानकारी दिए।राहत अभियानमा विद्यार्थी नेताहरू शुशिल भट्ट ,निरन्जन थापा,पबन थापा,सन्तोष गुरुङ ,लक्ष्मी सिलबाल,स्बैछा उप्रेती इस्बर अधिकारी,सुबास घिमिरे ,जिबन राना लगायतको उपस्थिति रहेको थियो ।
नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन्।










