काठमाडौं-
सरकारी कर्मचारीहरु कामका प्रती जिम्मेवार नभएको आरोप लागीरहेका बेला दुई हजार ५६५ कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्रले कारवाहीका लागि सिफारिस गरेको छ ।
केन्द्रले गत आवमा ५२ जिल्लाका ९८० कार्यालयमा अनुगमन गर्दा समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।
यसैगरी ९४० कार्यालयमा नागरिक वडापत्र नराखिएको र राखिए पनि नदेखिने गरी राखिएको पाइएको पनि केन्द्रले जनाएको छ । ।
सरकारी कर्मचारीहरुले जिम्मेवारी पुरा नगरेकोमा समय समयमा सरकारकै बारीष्ठ अधिकारिहरुले समेत असन्तुष्टी पोख्ने गरेका छन भने कर्मचारीहरुको काम गराइ र ब्यबहारप्रती जन स्तरबाट पनि आलोचना हुने गरेको छ ।








